भीम रावलको असन्तुष्टि: ‘परामर्श बिना जिम्मेवारी दिइयो’
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । भीम रावलले आफूलाई सुदूरपश्चिम प्रदेश इन्चार्ज बनाइएको निर्णयप्रति असन्तुष्टि जनाएका छन्। नेपाली कम्युनिस्ट पार्टीले सोमबार उनलाई सुदूरपश्चिम प्रदेशको इन्चार्ज तोकेको थियो। तर रावलले आफूलाई परामर्श नगरी जिम्मेवारी तोकिएको भन्दै असहमति व्यक्त गरेका हुन्।
सामाजिक सञ्जालमा उनले लेख्दै अन्य प्रदेशमा युवा पुस्तालाई इन्चार्ज बनाइएको तर सुदूरपश्चिममा भने पुरानो पुस्तालाई जिम्मेवारी दिइएको भन्दै यो उपयुक्त नभएको बताएका छन्। उनले त्यहाँ पनि युवा नेतृत्वलाई प्राथमिकता दिनुपर्ने सुझाव दिएका छन्।
पार्टीले सुदूरपश्चिम प्रदेशको इन्चार्जमा रावलसँगै सहइन्चार्जका रूपमा भानुभक्त जोशी, रञ्जिता श्रेष्ठ र खगराज भट्टलाई चयन गरेको छ। त्यसैगरी प्रदेश संयोजकमा हरिराम चौधरी र सहसंयोजकमा लालबहादुर खड्का चयन भएका छन्।







