रास्वपाको निर्देशन: चाडपर्वमा धुमधाम नगर्न, पार्टी झण्डा र ब्यानर प्रयोगमा रोक
Prime TV News ३ महिना अगाडि 
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीले जेनजी आन्दोलनमा धेरैको ज्यान गएको घटनालाई राष्ट्रिय शोकको रूपमा व्याख्या गर्दै यस वर्षको बडा दशैं लगायतका चाडपर्वमा पार्टी झण्डा, ब्यानर प्रयोग गरी कुनै पनि सार्वजनिक कार्यक्रम नगर्न आफ्ना नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ।
पार्टीले सबै तहका नेताहरूलाई चाडपर्वको अवसरमा शुभकामना सन्देशबाहेक कुनै पनि प्रकारका उपहार नलिन वा नस्वीकार्न आग्रह गरेको छ। रास्वपाका अनुसार यस्तो कदमले सार्वजनिक जीवनमा शुद्धता र नैतिकताको अभ्यासलाई सशक्त बनाउने विश्वास लिएको छ।
यसै सन्दर्भमा, पार्टीले सांसद पद गुमाएका आफ्ना पूर्व प्रतिनिधिहरूलाई रातो पासपोर्ट र सांसद परिचयपत्र संघीय संसद सचिवालयमा तुरुन्त फिर्ता गर्न अनुरोध गरेको छ।
रास्वपाले आफूले अँगालेको शुद्ध, जिम्मेवार र आचारसंहितापूर्ण राजनीतिलाई व्यवहारमा उतार्ने प्रयासस्वरूप यस्ता निर्णय लिएको जनाएको छ ।













