पार्टी एकता वा विभाजनको भविष्य नेतृत्वकै हातमाः पूर्णबहादुर खड्का

User Image Prime TV News १ हप्ता अगाडि
Image of पार्टी एकता वा विभाजनको भविष्य नेतृत्वकै हातमाः पूर्णबहादुर खड्का

काठमाडौ । नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टी सभापति गगन थापा सँग भएको भेटको विषयमा आफ्ना पक्षका नेताहरूलाई जानकारी गराएका छन्। मंगलबार महाराजगञ्जस्थित स्मार्ट होटलमा बसेको शेरबहादुर देउवा समूहको भेलामा खड्काले सभापति थापासँग भएको छलफलबारे ब्रिफिङ गरेका हुन्।

खड्काका अनुसार सभापति थापाले पार्टीलाई कसरी एकताबद्ध गर्ने भन्नेबारे सुझाव मागेका थिए। उनले अहिले पार्टी गुट–उपगुटमा विभाजित देखिएको बताएका थिए। खड्काले सभापति थापासँगको भेटमा पार्टी एकता वा विभाजनको भविष्य नेतृत्वकै हातमा रहेको बताएका थिए। उनले पार्टीलाई एकताबद्ध बनाउन आफू तयार रहेको पनि स्पष्ट पारे।

उनले पार्टी एकता राष्ट्रियता र संविधान रक्षासँग जोडिएको विषय भएको भन्दै बलियो कांग्रेसले मात्र प्रभावकारी भूमिका खेल्न सक्ने बताए। यसअघि वैशाख ६ गते सभापति थापा खड्कालाई भेट्न गोल्फूटारस्थित निवासमा पुगेका थिए। त्यसपछि दुवै पक्षबीच संवाद जारी रहने बताइएको छ।