सरकारले दुई अध्यादेश ल्यायो, राष्ट्रपति अध्ययनमा

User Image Prime TV News १ हप्ता अगाडि
Image of सरकारले दुई अध्यादेश ल्यायो, राष्ट्रपति अध्ययनमा

काठमाडौ । सरकारले संसद्को अधिवेशन स्थगित गर्दै दुई वटा अध्यादेश ल्याउने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक परिषद्सम्बन्धी र सहकारीसम्बन्धी अध्यादेश ल्याउने निर्णय गर्दै राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो।

राष्ट्रपति रामचन्द्र पौडेलले ती अध्यादेश अध्ययन गरिरहेको राष्ट्रपति कार्यालयले जनाएको छ। राष्ट्रपति कार्यालयका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार अध्यादेशबारे अध्ययन भइरहेको छ।यसअघि सरकारले वैशाख ८ गते संसद् अधिवेशन आह्वान गर्न सिफारिस गरेको थियो।

सोही आधारमा राष्ट्रपति पौडेलले वैशाख १७ गतेका लागि अधिवेशन बोलाएका थिए। तर पछि सरकारले विशेष कारण देखाउँदै अधिवेशन अघि बढाएन। संसद् चलिरहेका बेला अध्यादेश ल्याउन नपाइने भएकाले सरकार अहिले अध्यादेशमार्फत कानुन अघि बढाउने बाटोमा गएको बुझिएको छ।