प्रधानमन्त्री बालेनको भारत भ्रमणको तयारी सुरु
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको तयारी सुरु भएको छ। नेपाल र भारत दुवैले यसका लागि तयारी गरिरहेका छन्। भारतीय विदेश सचिव विक्रम मिस्री वैशाख २८ गते नेपाल आउँदैछन्। उनी प्रधानमन्त्री बालेनलाई औपचारिक रूपमा भारत भ्रमणको निम्तो दिन आउनेछन्।
उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणापत्र पनि हस्तान्तरण गर्ने बताइएको छ। यसअघि नै मोदीले बालेनलाई भारत भ्रमणका लागि आमन्त्रण गरिसकेका थिए। नेपाल बसाइँका क्रममा मिस्रीले परराष्ट्रमन्त्री शिशिर खनाल, परराष्ट्र सचिव अमृतबहादुर राई र अर्थमन्त्री स्वर्णिम वाग्ले लगायतसँग भेट गर्ने कार्यक्रम रहेको छ।
यस भ्रमणमा नेपाल र भारतबीच भएका सहमति तथा सम्झौताहरूको प्रगतिबारे पनि छलफल हुने छ। मिस्रीको भ्रमणपछि परराष्ट्रमन्त्री खनाल भारत जाने र त्यसपछि मात्रै प्रधानमन्त्री बालेनको भ्रमण मिति तय हुने जनाइएको छ।







