फिल्म ‘लालीबजार’ को प्रदर्शन अस्थायी रूपमा रोकियो

User Image Prime TV News १ हप्ता अगाडि
Image of फिल्म ‘लालीबजार’ को प्रदर्शन अस्थायी रूपमा रोकियो

काठमाडौ । चलचित्र लालीबजारको प्रदर्शन केही समयका लागि रोकिएको छ। उच्च अदालत पाटनका न्यायाधीश प्रकाश ढुंगानाले वैशाख २२ गतेसम्म फिल्म नदेखाउन आदेश दिएका हुन्।

वादी समुदायको तर्फबाट रोशनी नेपालीले फिल्मका केही शब्दप्रति आपत्ति जनाउँदै अदालतमा रिट दायर गरेकी थिइन्। निर्देशक यम थापाको निर्देशनमा बनेको यो फिल्म वैशाख १८ गतेदेखि प्रदर्शनमा आउने तयारीमा थियो।

षट्कोण आर्टसले निर्माण गरेको फिल्म वादी समुदायका महिलाको संघर्षमा आधारित छ। यसअघि केन्द्रीय चलचित्र जाँच समितिले फिल्मलाई ‘युनिभर्सल’ प्रमाणपत्र दिइसकेको थियो। तर अदालतको आदेशपछि अहिलेका लागि फिल्मको प्रदर्शन रोकिएको छ।