नेकपा बैठक सम्पन्न, १९ प्रस्ताव पारित गर्दै राजनीतिक दिशा तय

User Image Prime TV News १ हप्ता अगाडि
Image of नेकपा बैठक सम्पन्न, १९ प्रस्ताव पारित गर्दै राजनीतिक दिशा तय

काठमाडौ । नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय संयोजन समितिको बैठक मंगलबार सम्पन्न भएको छ। गत चैत १९ गतेदेखि लगातार चलेको बैठकले समसामयिक राजनीतिक अवस्थासँग सम्बन्धित १९ वटा प्रस्ताव पारित गर्दै टुंगिएको हो।

बैठकमा देशको वर्तमान राजनीतिक अवस्था, आर्थिक चुनौती, संगठन सुदृढीकरण र आगामी रणनीतिबारे विस्तृत छलफल भएको पार्टीले जनाएको छ। पार्टी नेतृत्वले संगठनलाई अझ बलियो बनाउने, आन्तरिक एकता कायम गर्ने र जनसम्बन्ध विस्तार गर्ने विषयलाई प्राथमिकतामा राखेको बताइएको छ।

त्यसैगरी, स्थानीय तहदेखि केन्द्रसम्म पार्टी संरचना पुनसंयोजन गर्ने विषयमा पनि छलफल भएको जनाइएको छ। बैठकमा आगामी राजनीतिक कार्ययोजना, जनसंघर्षका कार्यक्रम र वैचारिक स्पष्टता बढाउने विषयमा समेत निर्णय गरिएको बताइएको छ। पार्टीका नेताहरूले बैठकलाई संगठनलाई एकताबद्ध बनाउने र आगामी राजनीतिक चुनौती सामना गर्ने दिशामा महत्वपूर्ण भएको बताएका छन्।