आज पनि काठमाडौमा पानी पर्ने सम्भावना

User Image Prime TV News १ हप्ता अगाडि
Image of आज पनि काठमाडौमा पानी पर्ने सम्भावना

काठमाडौ । काठमाडौ उपत्यकामा आज पनि पानी पर्ने सम्भावना रहेको छ।

मौसमविद्हरूका अनुसार हल्कादेखि मध्यम वर्षा हुन सक्ने देखिएको छ। मौषमविद्का अनुसार प्रि-मनसुनको प्रभावका कारण विशेषगरी साँझतिर वर्षा हुन सक्ने सम्भावना बढी छ।

आज बिहान उपत्यकामा आंशिक बदली रहेको छ। प्रारम्भिक मापनअनुसार न्यूनतम तापक्रम १७.४ डिग्री सेल्सियस रहेको जनाइएको छ।

हिजो उपत्यकामा अधिकतम तापक्रम २७.५ डिग्री सेल्सियस पुगेको थियो। मौसममा बदली र वर्षाको सम्भावना रहेकाले गर्मी केही कम हुन सक्ने अनुमान गरिएको छ।

जल तथा मौषम विभागले आज देशका अन्य स्थानको मौसमबारे पनि विस्तृत पूर्वानुमान सार्वजनिक गर्ने जनाएको छ।