आज नेपाल र ओमानबीच प्रतिस्पर्धा, दोस्रो जितको खोजीमा नेपाल
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । नेपाल र ओमान बीच आज आईसीसी आईसीसी क्रिकेट विश्वकप लिग–२ श्रृंखला अन्तर्गत प्रतिस्पर्धा हुँदैछ। खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ः३० बजे सुरु हुनेछ।
पहिलो खेलमा नेपालले युनाइटेड अरब इमिरेट्स (यूएई)लाई लाई ३७ रनले हराउँदै राम्रो सुरुआत गरेको थियो। आज नेपाल लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा मैदान उत्रनेछ।
यता ओमान पहिलो खेलमा यूएईसँग पराजित भएपछि जितसहित फर्कने प्रयासमा छ। अंकतालिकामा नेपाल १४ अंकसहित सातौँ स्थानमा छ भने ओमान २९ अंकसहित तेस्रो स्थानमा रहेको छ।
आजको खेल दुवै टोलीका लागि महत्वपूर्ण मानिएको छ।







