अध्यादेश विवादपछि विपक्षी दलहरूको संयुक्त बैठक आज

User Image Prime TV News १ हप्ता अगाडि
Image of अध्यादेश विवादपछि विपक्षी दलहरूको संयुक्त बैठक आज

काठमाडौ । सरकारले संसद् छल्दै अध्यादेश ल्याएको विषयमा विपक्षी दलहरू आज छलफलमा जुट्दै छन्। प्रमुख विपक्षी नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले मध्याह्न १२ बजे सिंहदरबार स्थित संसदीय दलको कार्यालयमा बैठक बोलाएका छन्।

बैठकमा नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरू सहभागी हुनेछन्। सरकारले संवैधानिक परिषद् र सहकारीसम्बन्धी अध्यादेश ल्याएपछि विपक्षी दलहरूले विरोध जनाउँदै आएका छन्। उनीहरू बैठकमा सरकारको कदमविरुद्ध कसरी अघि बढ्ने भन्ने रणनीति बनाउने तयारीमा छन्।

नेता आङ्देम्बेले संसद् अधिवेशन स्थगित गरेर अध्यादेश ल्याउनु अलोकतान्त्रिक भएको बताएका छन्। उनले यस्तो कदमले संसद्को अपमान भएको भन्दै विपक्षी दलहरू एकजुट भएर प्रतिवाद गर्ने बताएका छन्। सरकारले भने सोमबारको मन्त्रिपरिषद् बैठकबाट अध्यादेश ल्याउने निर्णय गरेको थियो। तर यसबारे सार्वजनिक जानकारी ढिला भएको भन्दै विपक्षी दलहरूले प्रश्न उठाएका छन्।