ट्रम्पद्वारा जर्मनी र चान्सलर मर्जको आलोचना
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जर्मनी र त्यहाँका चान्सलर फ्रेडरिक मर्जको आलोचना गरेका छन्। ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा लेख्दै मर्जले इरानसँग परमाणु हतियार हुनु ठीक हुन सक्छ भन्ने जस्तो धारणा राखेको आरोप लगाएका छन्। उनले यस्तो विचार गलत भएको बताएका छन्।
उनका अनुसार इरानसँग परमाणु हतियार भएमा विश्व नै ठूलो खतरामा पर्न सक्छ र सबै देश जोखिममा पर्नेछन्। ट्रम्पले इरानको विषयमा पहिले नै कडा कदम चालिनुपर्ने थियो भन्दै अहिले आफूले आवश्यक काम गरिरहेको दाबी पनि गरेका छन्।
उनले जर्मनीको आर्थिक अवस्थामाथि पनि टिप्पणी गर्दै विभिन्न क्षेत्रमा जर्मनी कमजोर देखिएको बताएका छन्। यता, चान्सलर मर्जले इरानको अवस्थाबारे प्रतिक्रिया दिँदै युद्धको स्पष्ट अन्त्य योजना नभएको र इरान अपेक्षाभन्दा बढी शक्तिशाली देखिएको बताएका थिए।







