राष्ट्र बैंकले ४० अर्ब रुपैयाँ बजारबाट तान्ने

User Image Prime TV News १ हप्ता अगाडि
Image of राष्ट्र बैंकले ४० अर्ब रुपैयाँ बजारबाट तान्ने

काठमाडौ । बैंकिङ प्रणालीमा धेरै पैसा थुप्रिएपछि नेपाल राष्ट्र बैंकले बजारबाट ४० अर्ब रुपैयाँ तान्ने भएको छ। यसका लागि आज दिउँसो ३ बजे निक्षेप संकलन उपकरणमार्फत बोलकबोल गरिनेछ।

बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले मात्र भाग लिन पाउनेछन्। बैंकहरूले कम्तीमा १० करोड रुपैयाँ र त्यसपछि ५ करोडको गुणकमा रकम बोलकबोल गर्न सक्ने व्यवस्था गरिएको छ। यो प्रक्रियामा बैंकहरूले ब्याजदरका आधारमा प्रतिस्पर्धा गर्नुपर्नेछ। चाहेको खण्डमा एकभन्दा बढी ब्याजदरमा पनि प्रस्ताव दिन सकिनेछ।

यो ४९ दिने निक्षेप संकलन उपकरण हो। यसको साँवा र ब्याज आउँदो असार ३ गते भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।