सांसद महावीर पुनले सम्पत्ति विवरण सार्वजनिक गरे
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । स्वतन्त्र सांसद महावीर पुनले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत आफ्नो सम्पत्तिबारे जानकारी दिएका हुन्। संसद् सचिवालयमा खामबन्दी गरेर बुझाउनुपर्ने भए पनि उनले सार्वजनिक रूपमा विवरण सार्वजनिक गरेका हुन्।
उनका अनुसार आफ्नो नाममा घर छैन। श्रीमतीको नाममा करिब तीन तोला सुन रहेको उल्लेख गरिएको छ। त्यस्तै, नेपाल बैंक लिमिटेडमा चार लाख रुपैयाँ नगद रहेको उनले बताएका छन्। राष्ट्रिय वाणिज्य बैंक मा २५ लाख रुपैयाँ रहेको पनि उनले खुलाएका छन्। उक्त रकम चुनावी चन्दा भएको उनको भनाइ छ।
साथै, कास्कीमा करिब २८ रोपनी जग्गा रहेको पनि उनले विवरणमा उल्लेख गरेका छन्।








