विपक्षी दलको बैठकमा श्रम संस्कृति पार्टी अनुपस्थित

User Image Prime TV News १ हप्ता अगाडि
Image of विपक्षी दलको बैठकमा श्रम संस्कृति पार्टी अनुपस्थित

काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बोलाएको विपक्षी दलहरूको बैठकमा श्रम संस्कृति पार्टी सहभागी भएन। बैठक सिंहदरबार स्थित कांग्रेस संसदीय दलको कार्यालयमा बसेको हो।

बैठकमा नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा बादल, नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलाल र राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद सरस्वती लामा उपस्थित थिए। सरकारले संवैधानिक परिषद् र सहकारी सम्बन्धी अध्यादेश अघि बढाएपछि विपक्षी दलहरूबीच रणनीति बनाउन बैठक बोलाइएको हो।

कांग्रेसका नेता भीष्मराज आङ्देम्बेका स्वकीय सचिवका अनुसार श्रम संस्कृति पार्टीलाई पनि बैठकमा बोलाइएको थियो, तर उनीहरू उपस्थित भएका छैनन् ।