एमाले उपाध्यक्ष पौडेलद्वारा सरकारको आलोचना

User Image Prime TV News १ हप्ता अगाडि
Image of एमाले उपाध्यक्ष पौडेलद्वारा सरकारको आलोचना

काठमाडौ । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले वर्तमान सरकारको कामकारबाहीप्रति आलोचना गरेका छन्। बुधबार आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकारका गतिविधिहरू लोकतान्त्रिक मूल्य–मान्यता र संविधानको मार्गदर्शन विपरीत रहेको बताएका छन्।

उनका अनुसार सरकारले जनतामा निराशा बढाएको छ र जनसरोकारका विषयमा ध्यान नदिएको आरोप पनि छ। पौडेलले ट्रेड युनियन र विद्यार्थी संगठन गर्ने अधिकारजस्ता आधारभूत लोकतान्त्रिक अधिकारमाथि सरकारले असर पार्ने काम गरेको बताए।

उनले सरकारलाई संविधान र लोकतान्त्रिक मूल्यलाई पालना गर्दै अघि बढ्न सुझाव दिएका छन्। साथै, संसद् छलेर अध्यादेशमार्फत शासन चलाउने प्रयासप्रति पनि उनले असन्तुष्टि जनाएका छन्।