अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति समक्ष विपक्षी दलको आग्रह

User Image Prime TV News १ हप्ता अगाडि
Image of अध्यादेश  स्वीकृत नगर्न राष्ट्रपति समक्ष विपक्षी दलको आग्रह

काठमाडौ । सरकारले संसद् अधिवेशन अन्त्य गरेर लगातार अध्यादेश ल्याएको भन्दै विपक्षी दलहरूले कडा विरोध जनाएका छन्। नेपाली कांग्रेस, नेकपा एमाले लगायत चार विपक्षी दलले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै सरकारको कदम असंसदीय र अलोकतान्त्रिक भएको बताएका छन्।

आइतबार भीष्मराज आङदेम्बेको अध्यक्षतामा बसेको विपक्षी दलहरूको बैठकले यस्तो निर्णय गरेको हो। बैठकपछि संयुक्त विज्ञप्तिमा चार दलका प्रतिनिधिहरूले हस्ताक्षर गरेका छन्। विज्ञप्तिमा सरकारले वैशाख १४ गते संवैधानिक परिषद् र सहकारीसम्बन्धी ऐन संशोधन गर्ने अध्यादेश ल्याएको उल्लेख छ।

साथै वैशाख १५ गते स्वास्थ्य, कानुन र विश्वविद्यालयसम्बन्धी थप अध्यादेश पनि राष्ट्रपतिसमक्ष सिफारिस गरिएको भन्दै आपत्ति जनाइएको छ। विपक्षी दलहरूले संसद् अधिवेशन सुरु भएपछि तुरुन्तै स्थगन गरेर अध्यादेश ल्याउनु गलत अभ्यास भएको बताएका छन्। उनीहरूले राष्ट्रपति समक्ष ती अध्यादेश स्वीकृत नगर्न पनि आग्रह गरेका छन्।

संयुक्त विज्ञप्तिमा सरकारले गरेको यस्तो कदमलाई घोर निन्दा र भर्त्सना गरिएको छ।