बर्दियाका ८ पालिकाले सेनाको पत्राचारप्रति आपत्ति

User Image Prime TV News १ हप्ता अगाडि
Image of बर्दियाका ८ पालिकाले सेनाको पत्राचारप्रति आपत्ति

काठमाडौ । सुकुमबासी व्यवस्थापनका विषयमा नेपाली सेनाले पठाएको पत्रप्रति बर्दिया का ८ स्थानीय तहका जनप्रतिनिधिहरूले आपत्ति जनाएका छन्। मधुवन, गुलरिया, राजापुर, बाँसगढी, बारबर्दिया, ठाकुरबाबा, गेरुवा र बढैयाताल गाउँपालिकाका प्रमुखहरूले बुधबार संयुक्त विज्ञप्ति जारी गर्दै पत्राचारको प्रक्रिया गलत भएको बताएका हुन्।

उनीहरूले सेनाले स्थानीय तहमार्फत आउनुपर्ने विषयमा सिधै पत्र पठाएको भन्दै कानुनी प्रक्रिया पालना नभएको प्रश्न उठाएका छन्। बारबर्दियाका मेयर छविलाल थारुका अनुसार भूमिहीन सुकुमबासीको समस्या भूमि आयोगमार्फत समाधान भइरहेको अवस्थामा सेनाको पत्र आवश्यक नभएको उनीहरूको धारणा छ।

सेनाले वैशाख १२ गते बर्दियाका स्थानीय तहहरूलाई सुकुमबासी बस्तीको विवरण माग्दै पत्र पठाएको थियो। त्यसपछि स्थानीय तहहरूले सामूहिक रूपमा असन्तुष्टि जनाएका हुन्। यसैबीच वन क्षेत्र अतिक्रमण हटाउने विषयमा डिभिजन वन कार्यालयले जारी गरेको सूचनाप्रति पनि जनप्रतिनिधिहरूले आपत्ति जनाएका छन्।

उनीहरूले संविधानले दिएको आवास अधिकार प्रभावित हुन सक्ने भन्दै नागरिक अधिकारको रक्षा गर्न माग गरेका छन्।