सरकारले थप तीन अध्यादेश राष्ट्रपतिसमक्ष पेस गर्यो
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । संसद अधिवेशन आब्हान नगरि अध्यादेशबाट सत्ता संचालन गरेको भन्दै प्रधानमन्त्री बालेन्द्र शाहको आलोचना भै रहेका बेला फेरि सरकारले थप तीन वटा अध्यादेश राष्ट्रपतिसमक्ष पेस गरेको छ।
यसअघि पनि संवैधानिक परिषद् र सहकारीसम्बन्धी अध्यादेश ल्याइसकेको सरकारले फेरि नयाँ अध्यादेश अघि बढाएको हो। राष्ट्रपति रामचन्द्र पौडेलको कार्यालयमा नयाँ अध्यादेशहरू पुगिसकेको स्रोतले जनाएको छ।
पेस गरिएका अध्यादेशमा स्वास्थ्य सेवा सम्बन्धी अध्यादेश, केही नेपाल ऐन संशोधन सम्बन्धी अध्यादेश र अर्को एक अध्यादेश रहेको बताइएको छ। केही नेपाल ऐन संशोधन सम्बन्धी अध्यादेशमार्फत १२ वटा ऐनमा संशोधन गर्ने प्रस्ताव गरिएको स्रोतले जनाएको छ।







