उपसभामुख रुबीकुमारी ठाकुर अस्पतालमा, अवस्था स्थिर

User Image Prime TV News १ हप्ता अगाडि
Image of उपसभामुख रुबीकुमारी ठाकुर अस्पतालमा, अवस्था स्थिर

काठमाडौ । प्रतिनिधिसभाकी उपसभामुख रुबीकुमारी ठाकुर बेहोस भएपछि अस्पताल भर्ना भएकी छन्। उनलाई ललितपुरस्थित किष्ट मेडिकल कलेजमा उपचारका लागि लगिएको हो।

अस्पताल स्रोतका अनुसार उनलाई बिहान बेहोसी अवस्थामै अस्पताल पुर्‍याइएको थियो। हिजो राति ज्वरो आएको र बिहान अस्पताल ल्याउँदा सुगरको मात्रा धेरै कम देखिएको बताइएको छ। उपचारपछि अहिले उनको होस आएको र स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ।

उनीलाई चिकित्सकहरूको प्रत्यक्ष निगरानीमा राखेर उपचार भइरहेको छ। साथै, स्वास्थ्य समस्या के कारणले भएको हो भन्ने पत्ता लगाउन थप परीक्षण भइरहेको अस्पतालले जनाएको छ।