सुधन गुरुङ विरुद्ध छानबिन प्रक्रिया चाँडै सुरु हुन्छः रवि लामिछाने
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले निवर्तमान गृहमन्त्री सुधन गुरुङ विरुद्ध छानबिन प्रक्रिया चाँडै सुरु हुने बताएका छन्।
बुधबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले छानबिन प्रक्रिया सुरु हुने तयारी भइरहेको जानकारी दिए। उनले छानबिन कस्तो ढाँचामा अघि बढ्ने भन्ने विषय पनि चाँडै सार्वजनिक गरिने बताए। उनका अनुसार, “छानबिन चाँडै सुरु हुन्छ, र यसको प्रक्रिया के हुन्छ भन्ने पनि जानकारी गराइनेछ।”
लामिछानेले गुरुङले आफूमाथि पनि अरूजस्तै निष्पक्ष छानबिन हुनुपर्ने माग गरेको उल्लेख गरे। उनले छानबिन प्रक्रिया छिट्टै स्पष्ट हुने बताए। गुरुङ विवादित व्यवसायीसँग व्यवसायिक साझेदारीमा जोडिएको विषय सार्वजनिक भएपछि उनले गृहमन्त्री पदबाट राजीनामा दिएका थिए।







