नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले दिए राजीनामा

User Image Prime TV News १ हप्ता अगाडि
Image of नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले दिए राजीनामा

काठमाडौ । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले पदबाट राजीनामा दिएका छन्। बुधबार उनले नेपाली कांग्रेस का सभापति गगन थापालाई सम्बोधन गर्दै पार्टी केन्द्रीय कार्यालय सानेपामा राजीनामा पत्र बुझाएका हुन्।

गुरुङ २०७८ फागुन ९ गते तरुण दलको अध्यक्षमा नियुक्त भएका थिए। राजीनामा पत्रमा उनले आफ्नो कार्यकालमा सहयोग गर्ने पूर्वसभापति शेरबहादुर देउवा सहित सबै नेताहरू, कार्यसमिति सदस्य, जिल्ला सभापति र देशभरका तरुण सदस्यलाई धन्यवाद दिएका छन्।

उनले पार्टीले तोकेको समयभित्र महाधिवेशन सम्पन्न गर्न नसकिएको स्वीकार गरेका छन्। पछिल्लो राजनीतिक परिस्थितिका कारण महाधिवेशन गर्न कठिन भएको उनको भनाइ छ। गुरुङले लोकतन्त्रलाई सुदृढ बनाउन र संगठनलाई समयअनुसार अघि बढाउन आवश्यक भएकाले आफूले पद छाडेको बताएका छन्।

उनले पार्टीभित्र नयाँ काम र नेतृत्वलाई सहज बनाउन राजीनामा दिएको उल्लेख गरेका छन्।