अध्यादेश बारे छलफल गर्न विपक्षी दलको बैठक आज पनि बस्दै
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । सरकारले ल्याएको अध्यादेशपछि विपक्षी दलहरू फेरि छलफलमा जुटेका छन्। आज बिहान साढे ११ बजे बैठक बस्ने तय भएको हो।
बैठक नेकपा एमालेको संसदीय दलको कार्यालयमा हुनेछ। यसअघि बुधबार नेपाली कांग्रेसको कार्यालयमा पनि विपक्षी दलहरूको बैठक बसेको थियो।
नेकपा प्रमुख सचेतक युवराज दुलालका अनुसार आजको बैठकमा सरकारले ल्याएका अध्यादेशबारे विस्तृत छलफल हुनेछ। विपक्षी दलहरू मिलेर साझा धारणा बनाउने प्रयासमा छन्।
यता राष्ट्रपति रामचन्द्र पौडेलले पनि आज अध्यादेशका विषयमा संविधानविद्हरूसँग छलफल गर्दैछन्। अध्यादेशको विषयले अहिले राजनीतिक माहोल तातेको छ। विपक्षी दलहरूले सरकारको कदमको विरोध गर्दै रणनीति बनाउन थालेका छन्।







