अध्यादेशबारे राष्ट्रपतिले कानुनविद्हरसँग परामर्श सुरु
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले ल्याएका अध्यादेशबारे छलफल सुरु गरेका छन्। आज दिउँसो ४ बजे उनले वरिष्ठ कानुन व्यवसायीहरूसँग भेटघाट गर्ने कार्यक्रम राखेका छन्।
राष्ट्रपति कार्यालयका अनुसार छलफलमा शम्भु थापा, टिकाराम भट्टराई, पूर्णमान शाक्य, भीमार्जुन आचार्य, बिपिन अधिकारी, शेरबहादुर केसी र ललित बस्नेत सहभागी हुनेछन्।
अध्यादेशलाई लिएर विवाद बढिरहेका बेला राष्ट्रपतिले कानुनी सुझाव लिन यस्तो परामर्श थालेका हुन्। संघीय संसद बैठक आह्वान गरेकाे भाेलिपल्टै स्थगित गरेकाे सरकारले विभिन्न ६ वटा अध्यादेश स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष पेस गरेको थियो ।







