अध्यादेशबारे स्वतन्त्र सांसद पुनले भने– सरकारलाई काम गर्न दिनुपर्ने र अनावश्यक विरोध नगर्न आग्रह

User Image Prime TV News १ हप्ता अगाडि
Image of अध्यादेशबारे स्वतन्त्र सांसद पुनले भने– सरकारलाई काम गर्न दिनुपर्ने र अनावश्यक विरोध नगर्न आग्रह

काठमाडौ । सरकारले अध्यादेश ल्याएको विषयमा राजनीतिक विवाद बढिरहेका बेला स्वतन्त्र सांसद महावीर पुनले सरकारको पक्षमा बोलेका छन्। उनले सरकारलाई काम गर्न दिनुपर्ने र अनावश्यक विरोध नगर्न आग्रह गरेका छन्।

बिहीबार बिहान सामाजिक सञ्जालमार्फत उनले लेख्दै, आवश्यक परे अध्यादेशमार्फत भए पनि काम अगाडि बढाउनुपर्ने बताएका हुन्। उनले केही व्यक्तिहरूले अनावश्यक रूपमा किचकिच गरेको भन्दै त्यसले विकासमा बाधा पुर्‍याउने टिप्पणी गरेका छन्।

पुनले आफ्नो अनुभव पनि साझा गरेका छन्। उनले विगतमा शिक्षामन्त्री हुँदा धेरै योजना अघि बढाउन खोज्दा ऐन–कानुनको कारण काम रोकिएको बताए। मन्त्रालय र कर्मचारीहरूले कानुनी प्रक्रिया देखाएर काम गर्न नदिँदा आफूले दुःख पाएको उनको भनाइ छ।

उनका अनुसार आफूले ल्याउन खोजेका केही अध्यादेशहरू पनि सफल हुन नसकेको अनुभव छ। यही कारणले अहिले सरकारलाई काम गर्न सजिलो बनाउन अध्यादेश आवश्यक हुन सक्ने उनले बताएका छन्। हाल प्रतिनिधिसभामा पुन मात्र स्वतन्त्र सांसद हुन्। उनले विकासका कामलाई प्राथमिकता दिनुपर्ने र राजनीतिक विवादभन्दा समाधानतर्फ ध्यान दिनुपर्नेमा जोड दिएका छन् ।

उता, विपक्षी दलहरूले भने अध्यादेश ल्याउने सरकारको निर्णयको चर्को विरोध गर्दै आएका छन्। उनीहरूले यसलाई लोकतान्त्रिक प्रक्रियाविरुद्ध भएको बताएका छन्।