सुन र चाँदीको मूल्य घट्यो

User Image Prime TV News १ हप्ता अगाडि
Image of सुन र चाँदीको मूल्य        घट्यो

काठमाडौ । नेपाली बजारमा बिहीबार  सुन र चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा एक हजार ८०० रुपैयाँले घटेको हो।

आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९२ हजार ७०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन बुधबार भने यही सुन प्रतितोला दुई लाख ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। यसअघि पनि लगातार दुई दिन सुनको मूल्य घटेको थियो।

चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी तोलामा १०५ रुपैयाँले सस्तो भई प्रतितोला चार हजार ८१० रुपैयाँमा झरेको छ। बुधबार भने चाँदीको मूल्य प्रतितोला चार हजार ९१५ रुपैयाँ रहेको थियो। पछिल्ला दिनमा सुन र चाँदी दुवैको मूल्य घट्दो क्रममा देखिएको छ। अन्तर्राष्ट्रिय बजारको प्रभावका कारण नेपाली बजारमा पनि मूल्य तलमाथि हुने गरेको छ।