बजारमा कच्चा तेलको मूल्य ह्वात्तै बढ्यो
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । अमेरिका, इजरायल र इरानबीच बढ्दो तनावका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ह्वात्तै बढेको छ। पछिल्लो तथ्यांक अनुसार तेलको मूल्य प्रतिब्यारेल ११९.७६ डलर पुगेको छ, जुन केही वर्षयताकै उच्च हो।
अमेरिका र इजरायल ले इरान मा आक्रमण सुरु गरेपछि मध्यपूर्वमा तनाव बढेको छ। यसको असर विश्वभर तेल आपूर्तिमा परेको छ। द गार्जियन का अनुसार अमेरिकी नेता डोनाल्ड ट्रम्प ले इरानमाथि नाकाबन्दी जारी राख्ने बताएका छन्। इरानले आफ्नो परमाणु कार्यक्रम बन्द नगरेसम्म नाकाबन्दी हटाइने छैन भन्ने उनको भनाइ छ।
तनावका कारण स्ट्रेट अफ होर्मुज मा जहाज आवतजावत प्रभावित भएको छ। यो समुद्री मार्ग विश्वकै महत्वपूर्ण तेल ढुवानी मार्ग मानिन्छ। यहाँ असुरक्षा बढ्दा धेरै तेल ट्यांकरहरू रोकिएका छन्। यसले गर्दा विश्वभर तेल र ग्यासको आपूर्ति घट्दै गएको छ र महँगी बढ्ने संकेत देखिएको छ। यसअघि रुस–युक्रेन युद्ध का बेला पनि तेलको मूल्य निकै बढेको थियो।
तनाव घटाउन अमेरिका र इरान बीच वार्ताको प्रयास भइरहेको छ। पाकिस्तान मा वार्ता गर्ने पहल भए पनि अहिलेसम्म ठोस नतिजा आएको छैन।







