पार्टीभित्र भइरहेका विभिन्न समूहका भेलाहरू स्वाभाविकः विश्वप्रकाश शर्मा
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र भइरहेका विभिन्न समूहका भेलाहरूलाई स्वाभाविक बताएका छन्। नेपाली कांग्रेसका उपसभापति शर्माले यस्ता गतिविधि लोकतन्त्रको हिस्सा भएको बताएका हुन्।
गृहजिल्ला झापामा पत्रकारसँग कुरा गर्दै उनले फरक विचार राख्ने र समूहगत छलफल गर्ने अधिकार सबैलाई हुने बताए। त्यसैले विभिन्न समूहका भेलाहरूलाई अनौठो रूपमा नलिएको उनको भनाइ छ। उनले पार्टी अहिले महाधिवेशनको तयारीमा रहेको जानकारी दिए। पार्टीलाई समयअनुसार सुधार गर्दै अघि बढ्ने काम भइरहेको उनले बताए।
शर्माले पार्टीका अग्रज नेताहरूलाई सँगै लिएर अघि बढ्नेमा आफूहरू गम्भीर रहेको पनि बताए। सबैलाई समेटेर पार्टीलाई बलियो बनाउने प्रयास भइरहेको उनको भनाइ छ। साथै, उनले संसदमा कांग्रेसको भूमिका सन्तुलित र जिम्मेवार रहने बताए। सरकारका काममा आवश्यक ठाउँमा समर्थन र आवश्यक ठाउँमा खबरदारी गर्ने उनले स्पष्ट पारे।







