कोइराला समूहका नेताहरूको भेला सुरु

User Image Prime TV News १ हप्ता अगाडि
Image of कोइराला समूहका नेताहरूको भेला सुरु

काठमाडौ । डा. शेखर कोइराला समूहका नेताहरूको बागमती प्रदेशस्तरीय भेला सुरु भएको छ। भेला बालुवाटार स्थित ओपेरा होटल मा भइरहेको हो।

नेपाली कांग्रेस भित्रको यो भेलामा बागमती प्रदेशका विभिन्न तहका नेता तथा प्रतिनिधिहरू सहभागी भएका छन्। भेलामा पूर्व पदाधिकारी, पूर्व केन्द्रीय सदस्य, पूर्व सांसद, प्रदेश सांसद र बागमती प्रदेश कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू उपस्थित छन्।

नेताहरूले पार्टीको आगामी गतिविधि, संगठन मजबुत बनाउने विषय र राजनीतिक परिस्थितिबारे छलफल गर्ने बताइएको छ।