शेखर कोइराला समुहको बागमती प्रदेशस्तरीय छलफल, पार्टीलाई एकताबद्ध बनाउने जिम्मेवारी नेतृत्वले लिनुपर्ने

User Image Prime TV News १ हप्ता अगाडि
Image of शेखर कोइराला समुहको बागमती प्रदेशस्तरीय छलफल,  पार्टीलाई एकताबद्ध बनाउने जिम्मेवारी नेतृत्वले लिनुपर्ने

काठमाडौ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले बागमती प्रदेशका नेताहरूसँग छलफल गरेका छन्। काठमाडौंको बालुवाटारस्थित ओपेरा होटेलमा भएको छलफलमा बागमती प्रदेशका कोइराला पक्षीय नेताहरू सहभागी थिए।

कोइरालाको सचिवालयका अनुसार देश र पार्टीको वर्तमान अवस्थालाई ध्यानमा राख्दै आगामी रणनीति तय गर्न सुझाव लिन छलफल गरिएको जनाएको छ । छलफलमा सहभागी नेताहरूले क्रियाशील सदस्यता नवीकरण भइसकेको अवस्थामा फेरि अद्यावधिक गर्नु उपयुक्त नहुने बताएका छन्। उनीहरूले यस्तो कदम व्यवहारिक नहुने धारणा राखेका हुन्।

नेताहरूले विशेष महाधिवेशनका कारण पार्टीभित्र एकता कायम गर्न समस्या भएको पनि बताएका छन्। साथै पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउने जिम्मेवारी नेतृत्वले लिनुपर्ने उनीहरूको भनाइ छ।