राष्ट्रपति पौडेलद्वारा सहकारी सम्बन्धी अध्यादेश जारी, अन्य ५ रोकिए

User Image Prime TV News १ हप्ता अगाडि
Image of राष्ट्रपति पौडेलद्वारा सहकारी सम्बन्धी अध्यादेश जारी, अन्य ५ रोकिए

काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले सिफारिस गरेका अध्यादेश मध्ये सहकारी सम्बन्धी पहिलो संशोधन अध्यादेश मात्र जारी गरेका छन्।

सरकारले स्वीकृतिका लागि ६ वटा अध्यादेश राष्ट्रपति समक्ष पठाएको थियो। तर तीमध्ये एउटा मात्र जारी गरिएको हो भने बाँकी ५ अध्यादेश हालका लागि रोकिएका छन्। जारी गरिएको अध्यादेश सहकारी क्षेत्रसँग सम्बन्धित पहिलो संशोधन हो।

अन्य अध्यादेश किन जारी भएनन् भन्नेबारे थप विवरण सार्वजनिक गरिएको छैन। सरकारले विभिन्न कानुनी व्यवस्था संशोधन गर्न यी अध्यादेश सिफारिस गरेको थियो।