सन्दीप र आसिफको अर्धशतकले नेपालको इनिङ्स बलियो, वेस्ट इन्डिजसँग प्रतिस्पर्धात्मक खेल

User Image Prime TV News ११ महिना अगाडि
Image of सन्दीप र आसिफको अर्धशतकले नेपालको इनिङ्स बलियो, वेस्ट इन्डिजसँग प्रतिस्पर्धात्मक खेल

काठमाडौ । वेस्ट इन्डिजविरुद्धको दोस्रो टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेलमा नेपाली ब्याट्सम्यानहरूले प्रभावशाली प्रदर्शन गर्दै सशक्त सुरुवात गरेका छन्।

टप अर्डरका दुई प्रमुख खेलाडी सन्दीप जोरा र आसिफ शेखले अर्धशतक प्रहार गर्दै नेपालको इनिङ्सलाई मजबुत बनाएका छन्। पहिलो ब्याटिङमा उत्रिएको नेपालका लागि ओपनर आसिफ शेखले आक्रामक सुरुवात गरे। उनले मात्र ३४ बलमा अर्धशतक पूरा गर्दै विपक्षी बलरहरूलाई दबाबमा राखे।

उनको साथमा आएका सन्दीप जोराले पनि उत्तिकै उत्कृष्ट ब्याटिङ प्रदर्शन गर्दै ३४ बलमै अर्धशतक पूरा गरे। सन्दीप र आसिफबीचको साझेदारीले नेपालको इनिङ्सलाई गति दिएको थियो।

यद्यपि, सन्दीप ६३ रनमा आउट भए। त्यसपछि उनलाई गुल्सन झाले साथ दिएका छन्। हालसम्मको स्कोर अनुसार नेपालले राम्रो रनरेटमा रन बटुलिरहेको छ र वेस्ट इन्डिजविरुद्ध प्रतिस्पर्धात्मक टोटलतर्फ अग्रसर देखिएको छ।