इरानका सर्वोच्च नेता खामेनीको कडा चेतावनी: ‘अमेरिका असफल भयो’

User Image Prime TV News १ हप्ता अगाडि
Image of इरानका सर्वोच्च नेता खामेनीको कडा चेतावनी: ‘अमेरिका असफल भयो’

काठमाडौ । इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिकाविरुद्ध कडा टिप्पणी गर्दै इरानसँगको युद्धमा अमेरिका असफल भएको दाबी गरेका छन्। इरानी सरकारी सञ्चारमाध्यममार्फत सार्वजनिक गरिएको वक्तव्यमा उनले यस्तो बताएका हुन्।

उनका अनुसार, विश्वका शक्तिशाली राष्ट्रहरूको ठूलो सैन्य तैनाथी र आक्रमणपछि पनि अमेरिका आफ्ना लक्ष्यमा पुग्न सकेन। उनले फारसको खाडी र होर्मुज जलमार्ग क्षेत्रमा अब नयाँ अवस्था सुरु हुने बताएका छन्।

खामेनीले इरानले आफ्नो आणविक र मिसाइल क्षमता जोगाइराख्ने स्पष्ट पारेका छन्। उनले यसलाई राष्ट्रिय सम्पत्ति भन्दै कुनै पनि हालतमा नछोड्ने बताएका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प युद्धविरामलाई स्थायी सम्झौतामा बदल्न चाहिरहेका बेला खामेनीको यो भनाइलाई कडा सन्देशका रूपमा हेरिएको छ।

उनले फारसको खाडी क्षेत्रमा अमेरिकी उपस्थितिको पनि आलोचना गरेका छन्। उनका अनुसार, उक्त क्षेत्रका देशहरूले आफ्नै सुरक्षा आफैं सुनिश्चित गर्नुपर्छ र बाहिरी शक्तिहरूको हस्तक्षेप आवश्यक छैन।

यसअघि अली खामेनीको मृत्यु भएपछि खामेनी सर्वोच्च नेताको भूमिकामा आएका हुन्। उनी हाल सार्वजनिक रूपमा कम देखिएका छन् र केही रिपोर्टहरूमा आक्रमणमा घाइते भएको दाबी गरिएको छ।