साँचो क्रान्ति ज्ञानबाट सुरु हुन्छः प्रधानमन्त्री शाह
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । प्रधानमन्त्री बालेन्द्र शाहले बुद्ध जयन्तीको अवसरमा सबै नेपालीमा शुभकामना व्यक्त गरेका छन्।
उनले विश्व शान्तिको कामना पनि गरेका छन्। मेयर शाहले सामाजिक सञ्जालमार्फत सन्देश दिँदै गौतम बुद्धले देखाएको मार्ग दुःखबाट मुक्ति पाउने बाटो भएको बताएका छन्। उनले बुद्धका चार आर्य सत्यलाई स्मरण गर्दै जीवनमा समस्या समाधानका लागि ज्ञानको खोज आवश्यक रहेको उल्लेख गरेका छन्।
उनले अँध्यारोलाई उज्यालोको अभावको रूपमा व्याख्या गर्दै ज्ञान फैलिँदा अज्ञानता हट्ने बताएका छन्। साथै, बुद्धको जन्मभूमि नेपाल सधैँ शान्ति र अहिंसाको पक्षमा रहेको उनको भनाइ छ। मेयर शाहले आफ्नो सन्देशमा “साँचो क्रान्ति ज्ञानबाट सुरु हुन्छ” भन्ने विचार पनि व्यक्त गरेका छन्।
उनले बुद्धको उपदेश “अप्प दीपो भवः” उल्लेख गर्दै सबैलाई आफ्नो बाटो आफैँ तय गर्न प्रेरित गरेका छन्।







