आज सुन–चाँदीको मूल्य वढ्यो

User Image Prime TV News १ हप्ता अगाडि
Image of आज सुन–चाँदीको मूल्य वढ्यो

काठमाडौ । नेपाली बजारमा आज सुन–चाँदीको मूल्य बढेको छ। शुक्रबार सुनको भाउ प्रतितोला ३ हजार ४ सय रुपैयाँले बढेर २ लाख ९६ हजार १ सय रुपैयाँ पुगेको छ। अघिल्लो दिन बिहीबार भने सुन २ लाख ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि आज बढेको छ। बिहीबार ४ हजार ८ सय १० रुपैयाँमा किनबेच भएको चाँदी शुक्रबार ४ हजार ९ सय ४५ रुपैयाँ प्रति तोला पुगेको छ। यस अनुसार चाँदीको भाउ प्रतितोला १ सय ३५ रुपैयाँले वृद्धि भएको हो। अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य उच्च रहेको छ। आज सुन प्रतिऔंस ४ हजार ६ सय १३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

अन्तर्राष्ट्रिय बजारको प्रभाव र स्थानीय मागका कारण सुन–चाँदीको मूल्य बढेको व्यवसायीहरू बताउँछन्।