माधव नेपालद्वारा बालेन नेतृत्वको महानगर सरकारको आलोचना
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधव नेपालले सरकारको कामप्रति असन्तुष्टि जनाएका छन्।
उनले प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले जनताको अधिकार प्रभावित हुने काम गरिरहेको आरोप लगाए। नेता नेपालले वास्तविक सुकुमबासीको पहिचान नगरी तथा उनीहरूलाई वैकल्पिक व्यवस्था नदिई डोजर चलाउने काम गलत भएको बताए।
यस्तो कामलाई सही भन्न नसकिने र यसले जनताको बसोबासको अधिकारमा असर पुर्याएको पनि उनले बताए । उनले भने, “सुकुमबासीको पहिचान नगरी र वैकल्पिक व्यवस्था नगरी गरिने कारबाही उचित होइन। सरकारले जनविरोधी काम गरिरहेको छ।” तर उनले तत्कालै सरकारबारे निष्कर्ष निकाल्ने भन्दा पनि समय दिएर हेर्नुपर्ने धारणा पनि राखे।
उनले थपे, “हामी अहिले नै आरोप लगाउन चाहँदैनौँ, तर सरकारले जनताको हित विपरीत काम नगर्नुपर्छ।”







