रोल्पा जिप दुर्घटनामा ज्यान गुमाएकाहरूको पहिचान खुल्यो

User Image Prime TV News १ हप्ता अगाडि
Image of रोल्पा जिप दुर्घटनामा ज्यान गुमाएकाहरूको पहिचान खुल्यो

काठमाडौ । रोल्पाको जलजला क्षेत्रमा बिहीबार भएको जिप दुर्घटनामा ज्यान गुमाएका सबै २० जनाको पहिचान खुलेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार दुर्घटनामा परेका सबै मृतकको सनाखत गरिएको हो। उनीहरू रोल्पाको सिस्ने गाउँपालिका–५ टाकुरा, दाङको घोराही उपमहानगरपालिका–१५ र रुकुमपूर्वको भूमे गाउँपालिकाका बासिन्दा रहेका छन्।

वैशाख पूर्णिमाको अवसरमा लागेको मेलामा सहभागी हुन गएका यात्रु बोकेको लु १ज ४१६७ नम्बरको बोलेरो जिप दुर्घटनामा परेको थियो। दुर्घटनामा एक जना घाइते भएका थिए। घाइते समीर कामीको उपचारपछि घर फर्किसकेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार अहिले दुर्घटनास्थलबाट निकालिएका शव आफन्तलाई बुझाउने काम भइरहेको छ।

ज्यान गुमाउनेहरुको बिवरणः–

सिस्ने–५, टाकुरा, रुकुम पूर्व घर भएकाहरू (१० जना)

१. गोर्ख बहादुर बुढाथोकी (३२ वर्ष)

२. तिलकुमारी बुढाथोकी (५३ वर्ष)

३. युवा बुढाथोकी (२८ वर्ष)

४. दिव्यन बुढाथोकी (१० वर्ष)

५. सृजना बुढाथोकी (२४ वर्ष)

६. सुदीप बुढाथोकी (१३ वर्ष)

७. ओमकुमारी बुढाथोकी (४० वर्ष)

८. मीना कामी (६० वर्ष)

९. लक्ष्मी शाह (६० वर्ष)

१०. रुक्मिणा बस्नेत

भुमे–५, रुकुम पूर्व घर भएकाहरू

११. टेकप्रसाद बुढामगर

दाङको घोराही–१५, रतनपुर घर भएकाहरू

१२. दोरपती जिसी (५४ वर्ष)

१३. तिला जिसी (३२ वर्ष)

१४. जेनिस जिसी (७ वर्ष)

१५. जेनिसा जिसी (१२ वर्ष)

१६. एलिना जिसी (२५ वर्ष)

१७. संयोग जिसी (७ वर्ष)

१८. यमबहादुर जिसी (उमेर नखुलेको) घोराही–१३, दाङ

१९. धनमाया विष्ट शान्तिनगर, दाङ (हाल: सिस्ने–५, रुकुम पूर्व)

२०. बेदु कामी (४२ वर्ष) – सवारी चालक