गगन थापा भन्छन्: अब नबोल्ने होइन, बोल्ने समय आयो
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले अब चुप लागेर बस्ने समय सकिएको बताएका छन्। नेपाल ट्रेड युनियन कांग्रेसले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले लामो समय नबोल्दा जनताका प्रश्नहरू दबिन सक्ने चिन्ता व्यक्त गरे।
उनले भने, “नबोल्दा प्रश्न नै हराउने डर हुन्छ, त्यसैले अब बोल्ने जिम्मेवारी पूरा गर्नुपर्छ।” थापाले वर्तमान सरकारलाई आफ्नो जिम्मेवारी राम्रोसँग निभाउन आग्रह गरे। उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जनताबाट पाएको म्यान्डेटअनुसार काम गर्नुपर्ने बताए।
उनले नेपाली कांग्रेसले प्रतिपक्षको भूमिकामा बसेर जिम्मेवार रूपमा काम गर्ने पनि स्पष्ट पारे। थापाले सरकारलाई चेतावनी दिँदै भने, “हामी नम्र छौँ, तर कमजोर छैनौँ। आवश्यक परे कडा रूपमा प्रस्तुत हुन्छौँ।”







