क्लासिक टेकको नयाँ अफर: १ वर्ष जोड्दा ४ वर्षसम्म टिभी सेवा

User Image Prime TV News १ हप्ता अगाडि
Image of क्लासिक टेकको नयाँ अफर: १ वर्ष जोड्दा ४ वर्षसम्म टिभी सेवा

काठमाडौ । इन्टरनेट सेवा प्रदायक क्लासिक टेकले ग्राहकका लागि नयाँ अफर सार्वजनिक गरेको छ। कम्पनीले “१ वर्ष जोड्नुस्, ४ वर्ष हेर्नुस्” नामको अफर ल्याएको हो। यस अफरअन्तर्गत ग्राहकले ३०० एमबीपीएस गतिको इन्टरनेट जडान गर्दा ४ वर्षसम्म आइपी टिभी सेवा पाउनेछन्।

यससँगै वाइफाइ सिक्स राउटर पनि निःशुल्क उपलब्ध गराइने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार यो सेवा दैनिक करिब ४० रुपैयाँको दरमा वार्षिक रूपमा लिन सकिन्छ। यसमा एचडी र एसडी दुवै प्रकारका सयौ टिभी च्यानल समावेश छन्, जसमा मनोरञ्जन, समाचार, बालबालिका र खेलकुदका कार्यक्रम हेर्न सकिन्छ।

सामान्य अवस्थामा मासिक ५०० रुपैयाँ पर्ने टिभी सेवा यस अफरमा भने करिब २०३ रुपैयाँमा उपलब्ध हुने बताइएको छ। यसले ग्राहकलाई कुल ७ हजारभन्दा बढी रकम बराबरको फाइदा हुने कम्पनीको दाबी छ। कम्पनीले ग्राहकको मागलाई ध्यानमा राख्दै यस्तो अफर ल्याएको जनाएको छ। थप जानकारीका लागि नजिकको शाखा कार्यालय वा कम्पनीको वेबसाइटमार्फत सम्पर्क गर्न सकिनेछ।