नेपालले वेस्ट इन्डिजलाई १७४ रनको चुनौती प्रस्तुत


काठमाडौ । आईसीसी टी–२० अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत भएको खेलमा नेपालले वेस्ट इन्डिजलाई जितका लागि १७४ रनको लक्ष्य दिएको छ। टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १७३ रन बनायो।
नेपालका लागि आसिफ शेख र सन्दीप जोरा मुख्य नायक रहे। ओपनर आसिफले धैर्यपूर्ण पारी खेल्दै ४७ बलमा ६८ रन बनाए भने, जोराले आक्रामक ब्याटिङ प्रदर्शन गर्दै ३९ बलमा ६३ रनको महत्वपूर्ण योगदान दिए।
नेपालको अन्य ब्याट्सम्यान भने खासै टिक्न सकेनन्। कुशल भुर्तेल ४ रनमा आउट भए, कप्तान रोहित पौडेलले ३ रन मात्रै जोडे। कुशल मल्लले ७, गुलशन झाले ६ र मोहम्मद आदिल आलमले ११ रन बनाए। टोलीले १३ अतिरिक्त रनको फाइदा पनि पायो।
वेस्ट इन्डिजका लागि अकिल हुसेन र काइल मेयर्सले समान २–२ विकेट लिए भने, जेडिया ब्लेड्सले १ विकेट हात पारे। अब वेस्ट इन्डिजले जित्न १७४ रनको आवश्यकता छ।