बल्खुमा बस्ती नजिकै एक व्यक्ति मृत फेला, अनुसन्धान जारी
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । बल्खुमा हटाइएको सुकुमवासी बस्ती नजिकै बागमती खोलामा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। प्रहरीका अनुसार मृतक खोटाङका इन्द्रबहादुर राई हुन्। उनी केही समयदेखि बल्खु क्षेत्रमा बस्दै आएका थिए।
परिवारका अनुसार शुक्रबार बिहान घर भत्किएको देख्न नसक्ने भन्दै उनी घरबाट निस्किएका थिए। त्यसपछि दिउँसो उनको शव भेटिएको हो। उनकी श्रीमती सरिता राईले बिहान सामान्य अवस्थामै घरबाट निस्किएको बताएकी छन्। अहिले परिवारका सदस्य घटनास्थलमा पुगेका छन्।
प्रहरीका अनुसार मृतक परिवारसँग नियमित सम्पर्कमा नबस्ने र स्थायी बस्ने ठाउँ पनि स्पष्ट नभएको प्रारम्भिक जानकारी आएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ र मृत्युको कारण खुल्न बाँकी रहेको जनाएको छ।







