बागमती किनार सुकुम्बासी बस्ती हटाउने क्रममा महिला बेहोस, अस्पताल लगियो

User Image Prime TV News १ हप्ता अगाडि
Image of बागमती किनार सुकुम्बासी बस्ती हटाउने क्रममा महिला बेहोस, अस्पताल लगियो

काठमाडौ । काठमाडौको थापाथलीस्थित बागमती नदी किनारमा सुकुमबासी बस्ती हटाउने क्रममा शुक्रबार एक महिला बेहोस भएकी छन्। रेखा कुँवर नामकी ती महिला बस्ती हटाउने दृश्य हेर्दै गर्दा अचानक बेहोस भएकी हुन्। घटनापछि उनलाई तत्काल प्रहरीले उद्धार गरी उपचारका लागि वीर अस्पताल लगेको छ।

बालेन शाह प्रधानमन्त्री बनेर आएपछि विभिन्न स्थानमा रहेका सुकुमबासी बस्ती हटाउने अभियान चलाइरहेको छ। सोही क्रममा शुक्रबार टेकुस्थित बंशीघाट क्षेत्रको बस्ती पनि हटाइएको थियो। यसअघि शंखमूल, बालाजु, थापाथली र गैरीगाउँ क्षेत्रका बस्तीहरू पनि हटाइएका थिए।

बस्ती हटाउने क्रममा घटनास्थलमा ठूलो संख्यामा मानिसहरू भेला भएका थिए, जसका कारण अवस्था केही तनावपूर्ण बनेको देखिएको थियो। स्थानीय प्रशासनले भने व्यवस्थापन र सुरक्षा मिलाएर अभियान सञ्चालन भइरहेको जनाएको छ।