सरकाले सम्पत्ति शुद्धीकरण सम्बन्धी नयाँ अध्यादेश फेरि राष्ट्रपति कार्यालयमा पठायो
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । सरकारले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐन संशोधनका लागि ल्याइएको अध्यादेश राष्ट्रपति कार्यालयमा पठाएको छ।
राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यका अनुसार उक्त अध्यादेश दर्ता भइसकेको छ र अहिले अध्ययनको क्रममा रहेको छ। सरकारले विभिन्न विषयसँग सम्बन्धित गरी कुल ८ वटा अध्यादेश राष्ट्रपति कार्यालयमा पठाएको छ।
तीमध्ये सहकारी र सार्वजनिक खरिदसम्बन्धी दुई अध्यादेश भने पहिले नै जारी भइसकेका छन्। बाँकी ६ वटा अध्यादेश अहिले पनि राष्ट्रपति कार्यालयमा अध्ययनको क्रममा रहेको जनाइएको छ। यसैबीच, केही अध्यादेशका विषयमा राष्ट्रपति रामचन्द्र पौडेलले कानुनविद्हरूसँग छलफल समेत गरेका थिए। अध्यादेशहरू कानुनी प्रक्रिया पूरा भएपछि मात्र लागू हुनेछन्।







