अध्यादेश विवाद चर्किदा राष्ट्रपति र विपक्षी दल नेता बिच भेटवार्ता

User Image Prime TV News ६ दिन अगाडि
Image of अध्यादेश विवाद चर्किदा राष्ट्रपति र विपक्षी दल नेता बिच भेटवार्ता

काठमाडौ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले रामचन्द्र पौडेल सँग भेटवार्ता गरेका छन्।

आङ्देम्बे आज शीतल निवास पुगेर करिब एक घण्टा राष्ट्रपतिसँग समसामयिक राजनीतिक विषयमा छलफल गरेका हुन्। भेटमा उनले विशेषगरी सरकारले ल्याइरहेका अध्यादेशप्रति विपक्षी दलहरूको असन्तुष्टि राखेका छन्।

सरकारले पछिल्लो समय लगातार अध्यादेश ल्याइरहेको छ। यही कारणले विपक्षी दलहरू असन्तुष्ट हुँदै विरोध जनाइरहेका छन्। उनीहरूले संसद् छँदाछँदै अध्यादेश प्रयोग गर्नु उचित नभएको बताएका छन्।

यसबीच राष्ट्रपति पौडेलले सरकारको सिफारिसमा केही अध्यादेश जारी गरिसकेका छन्। उनले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ सहित सहकारी (पहिलो संशोधन) र सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश जारी गरेका हुन्।

संविधानको नेपालको संविधान धारा ११४ अनुसार राष्ट्रपतिले सरकारको सिफारिसमा अध्यादेश जारी गर्न सक्छन्। हाल राष्ट्रपतिको कार्यालयमा अझै पाँच वटा अध्यादेश विचाराधीन अवस्थामा रहेका छन् भने सरकारले कुल आठ वटा अध्यादेश सिफारिस गरेको छ।

अध्यादेशलाई लिएर सत्ता र विपक्षबीच मतभेद बढ्दै गएको छ। यसले आगामी दिनमा राजनीतिक वातावरण थप तातिने संकेत देखिएको छ ।