इरानका सर्वोच्च नेताले गरे देशका नागरिकलाई अपिल: आर्थिक क्षेत्रमा पनि संघर्ष गर्न आग्रह

User Image Prime TV News ६ दिन अगाडि
Image of इरानका सर्वोच्च नेताले गरे देशका नागरिकलाई अपिल:  आर्थिक क्षेत्रमा पनि संघर्ष गर्न आग्रह

काठमाडौ । इरानका सर्वोच्च नेता मोज्तबा खामेनीले देशका नागरिकलाई आर्थिक क्षेत्रमा पनि संघर्ष गर्न आग्रह गरेका छन्।

उनले जारी गरेको लिखित वक्तव्यमा इरानले सैन्य क्षेत्रमा आफ्नो शक्ति देखाइसकेको दाबी गरेका छन्। अब आर्थिक र सांस्कृतिक क्षेत्रमा पनि बलियो बन्नुपर्ने उनको भनाइ छ।

खामेनीले स्थानीय उत्पादन प्रयोग गर्न र देशभित्रका उद्योगलाई सहयोग गर्न आग्रह गरेका छन्। साथै व्यवसायीहरूलाई कामदार नहटाउन पनि निर्देशन दिएका छन्। उनले देश अहिले आर्थिक रूपमा चुनौतीमा रहेको भन्दै सबै नागरिक मिलेर काम गर्नुपर्ने बताएका छन्।

सर्वोच्च नेता बनेपछि खामेनी सार्वजनिक रूपमा भने देखिएका छैनन्। तर उनले लिखित वक्तव्यमार्फत आफ्ना धारणा राख्दै आएका छन्। यसले इरानले अब आर्थिक क्षेत्रमा पनि थप ध्यान दिने संकेत दिएको छ।