कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
Prime TV News ६ दिन अगाडि 
काठमाडौ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।
कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार बैठक वैशाख २१ गते दिउँसो १ बजे सानेपा स्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ।
बैठकमा पदाधिकारी र सदस्यहरूलाई उपस्थित हुन भनिएको छ। तर बैठकमा के विषयमा छलफल हुन्छ भन्ने एजेन्डा सार्वजनिक गरिएको छैन।
अहिलेको राजनीतिक अवस्थामा कांग्रेसको बैठकलाई महत्वका साथ हेरिएको छ ।







