आज काठमाडौमा दिनभर पानी पर्ने सम्भावना

User Image Prime TV News ५ दिन अगाडि
Image of आज काठमाडौमा दिनभर पानी पर्ने सम्भावना

काठमाडौ । आज आइतबार बिहानैदेखि काठमाडौँ उपत्यकामा वर्षा भइरहेको छ। बिहान करिब ४:४५ बजेदेखि पानी सुरु भएको हो।

मौसमविद्का अनुसार अहिले पनि उपत्यकाका धेरै ठाउँमा हल्का पानी परिरहेको छ। उनले आज दिनभर मौसम खुल्ने सम्भावना कम रहेको बताए।

आज काठमाडौँमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने बताइएको छ । पानी केही बेर रोकिने र फेरि पर्ने क्रम चलिरहने देखिएको छ।

काठमाडौँ मात्र होइन, देशका अन्य ठाउँमा पनि वर्षा भइरहेको छ।