प्रेस स्वतन्त्रता दिवसमा राष्ट्रपतिको सन्देश: सत्य सूचना दिन डराउन नहुने

User Image Prime TV News ५ दिन अगाडि
Image of प्रेस स्वतन्त्रता दिवसमा राष्ट्रपतिको सन्देश: सत्य सूचना दिन डराउन नहुने

काठमाडौ । रामचन्द्र पौडेलले विश्व प्रेस स्वतन्त्रता दिवस (मे ३) का अवसरमा पत्रकारलाई सत्य र सही सूचना दिन डराउन नहुने बताएका छन्।

आइतबार दिएको सन्देशमा उनले सबै नेपाली पत्रकार र नागरिकलाई शुभकामना दिँदै स्वतन्त्र पत्रकारिताले समाजमा सत्य कुरा स्थापित गर्न ठूलो भूमिका खेल्ने बताएका छन्।

उनले प्रेस स्वतन्त्रता लोकतन्त्रको आधार भएको भन्दै प्रेस जति स्वतन्त्र र निष्पक्ष हुन्छ, लोकतन्त्र पनि त्यति नै बलियो हुने उल्लेख गरेका छन्।

राष्ट्रपतिले पत्रकारलाई सुरक्षित वातावरणमा काम गर्न पाउनुपर्ने बताए। साथै, संविधानले दिएको अभिव्यक्ति स्वतन्त्रताको सही प्रयोग गर्नुपर्नेमा जोड दिएका छन्।

सामाजिक सञ्जालमा फैलिने गलत सूचना ठूलो समस्या बन्दै गएको भन्दै उनले त्यस्ता भ्रमबाट जोगिँदै सत्य र विश्वासिलो समाचार दिन आग्रह गरेका छन्। उनले नेपाली सञ्चार क्षेत्रलाई अझ जिम्मेवार र सक्रिय भएर काम गर्न प्रेरणा मिलोस् भन्ने कामना पनि गरेका छन्।