अमेरिका–क्युबा सम्बन्ध फेरि चिसियो, ट्रम्पको भनाइपछि विवाद
Prime TV News ५ दिन अगाडि 
काठमाडौ ।अमेरिका र क्युवा बीचको सम्बन्ध फेरि तनावपूर्ण बनेको छ। डोनाल्ड ट्रम्पले क्युबाबारे दिएको कडा अभिव्यक्तिपछि विवाद बढेको हो।
फ्लोरिडामा बोल्दै ट्रम्पले अमेरिका चाह्यो भने क्युबालाई तुरुन्तै आफ्नो नियन्त्रणमा लिन सक्ने दाबी गरेका छन्। उनले क्युबामा रहेको समस्या छिट्टै समाधान गर्ने पनि बताएका छन्, तर के गर्ने भन्ने स्पष्ट बताएका छैनन्।
यसअघि अमेरिकाले क्युबा सरकारका गतिविधिलाई आफ्नो लागि खतरा भएको आरोप लगाएको थियो। त्यस्तै, ट्रम्पले क्युबासँग सम्बन्धित केही व्यक्ति र समूहमाथि थप प्रतिबन्ध पनि लगाएका छन्।
उता क्युबाले अमेरिकाको कदमको कडा विरोध गरेको छ। क्युबाका विदेशमन्त्रीले यस्तो प्रतिबन्ध अन्यायपूर्ण भएको र क्युबाली जनतालाई असर गर्ने बताएका छन्।
यसबीच म्याक्सिगो, स्पेन र ब्राजीलले पनि चिन्ता व्यक्त गरेका छन्। ती देशहरूले दुवै पक्षलाई तनाव घटाउन आग्रह गरेका छन्।







