लिड्स युनाइटेडसँग बर्नले पराजित

User Image Prime TV News ५ दिन अगाडि
Image of लिड्स युनाइटेडसँग बर्नले पराजित

काठमाडौ ।  इंग्लिस प्रिमियर लिगमा लिड्स युनाइटेडले बर्नलेविरुद्ध ३–१ गोलको जित निकालेको छ ।

शनिबार लिगअन्तर्गत इंग्ल्यान्डको बेस्टनस्थित इलान्ड रोड रंगशालामा घरेलु टोली लिड्सलाई जित दिलाउन एन्टोन स्टाच, नोअह ओकाफर र डोमिनिक काल्भर्ट लेविनले समान एक गोल गरे । बर्नलेका लोउम तचौउनाले गोल गरे पनि टोलीको हार टार्न सकेनन् ।

खेलेको आठौँ मिनेटमा स्टाचले लिड्सलाई अग्रता दिलाए । ५२औँ मिनेटमा ओकाफरले अग्रता दोब्बर बनाए । ५६औँ मिनेटमा लेविनले गोल गर्दै टोलीको अग्रतालाई ३–० को स्थितिमा पुर्‍याए । ७१औँ मिनेटमा बर्नलेलेका तचौउनाले गोल गरेपछि खेल ३-१ को स्थितिमा पुग्यो । तर, उनको गोल टोलीको लागि खेलमा फर्कन पर्याप्त भएन ।

जितसँगै लिड्सले प्रतियोगितामा ४३ अंक जोडेको छ । अंक तालिकाको १५औँ स्थानमा रहेको लिड्सले ३५ खेल खेल्दा १० जित, १३ बराबरी र १२ हार व्यहोरेको छ । हारसँगै रेलिगसनमा परेको बर्नले भने २० अंकमा सीमित छ ।