रास्वपाका सभापति रवि लामिछानेले निजी क्षेत्रसँग अर्थतन्त्रका समस्या र समाधानबारे छलफल गर्दै

User Image Prime TV News ५ दिन अगाडि
Image of रास्वपाका सभापति रवि लामिछानेले निजी क्षेत्रसँग अर्थतन्त्रका समस्या र समाधानबारे छलफल गर्दै

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले निजी क्षेत्रसँग अर्थतन्त्रका समस्या र समाधानबारे छलफल गर्ने भएका छन्। सरकारले पछिल्लो समय केही उद्योगी तथा व्यवसायीलाई पक्राउ गर्न थालेपछि निजी क्षेत्र असन्तुष्ट बनेको र त्रसित वातावरण देखिएको सन्दर्भमा यो छलफल आयोजना गरिएको हो।

लामिछानेले नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्स लगायत संस्थामा आबद्ध व्यवसायीहरूलाई छलफलका लागि बोलाएका छन्। छलफलमा व्यावसायिक वातावरण सुधार, निजी क्षेत्रले भोगिरहेका समस्या र अर्थतन्त्रलाई अघि बढाउने उपायबारे कुरा हुने बताइएको छ।

निमन्त्रणामा पनि निजी क्षेत्रका समस्या सुन्ने र अर्थतन्त्रलाई गति दिन आवश्यक सुझाव लिने उल्लेख गरिएको छ। पछिल्लो समय व्यवसायीहरू पक्राउ पर्न थालेपछि निजी क्षेत्रले पहिले उनीहरूको कुरा सुन्नुपर्ने र गलत प्रमाणित भए मात्र कानुनी प्रक्रिया अघि बढाउनुपर्ने माग गर्दै आएको छ।